`

एमाले सचिवालय बैठक, यस्ता छन् छ वटा निर्णय

Nepal One HD २१ चैत २०८२ ७:०९
नेकपा एमाले

काठमाडौं। नेकपा एमालेले नेपाली सेना,कर्मचारी र कूटनीति समुदायप्रति आफ्नो पार्टीको पूर्ववत् सम्बन्ध रहेको स्पष्ट पारेको छ ।पार्टीको केन्द्रीय सचिवालय बैठकले पार्टीका उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापाले संसद्मा दिएको अभिव्यक्तिमा गम्भीर छलफल गर्दै यस्तो निर्णय गरेको हो ।

‘बैठकले मुलुकको संविधान र प्रचलित कानुनबमोजिम निर्माण भएका नेपाली सेनालगायत राज्यका सबै सुरक्षा निकाय, निजामती प्रशासन (व्यूरोक्रेसी) र अन्तर्राष्ट्रिय समुदायप्रति हाम्रो पार्टीको सम्बन्ध पूर्ववत् एवम् मित्रवत् रहेको र यस्तो सम्बन्ध भविष्यमा अझ सुदृढ बनाइने कुरा स्पष्ट पारेको छ ’ बैठकपछि महासचिव शंकर पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बैठकले सरकारका एक हप्ताका कामका विषयमा पनि समीक्षा गर्दै कतिपय निर्णयबाट फिर्ता हुन आग्रह गरेको छ । विद्यार्थी संगठनको खारेजी,ट्रेड युनियनको खारेजी तथा निजी क्षेत्रका सञ्चार माध्यममा तीनै तहका सरकारले विज्ञापन तथा सूचना प्रकाशन प्रसारण गर्न रोक लगाएकोप्रति गम्भीर आपत्ति प्रकट गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *