१९५ जना एकैरातमा पक्राउ
अपराध
काठमाडौं । काठमाडौंमा प्रहरीले रातभर व्यापक सर्च अपरेशन सञ्चालन गरेको छ।
गुण्डागर्दी, ठगी तथा बिचौलिया जस्ता अवैध गतिविधिमा संलग्न व्यक्तिमाथि केन्द्रित सो अपरेशनमा प्रहरीले विभिन्न स्थानहरूबाट ठूलो संख्यामा मान्छे पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाका अनुसार अपरेशनमार्फत काठमाडौंका विभिन्न क्षेत्रबाट १९५ जना पक्राउ परेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, ठमेल, बुढानीलकण्ठलगायत स्थानमा गरिएको चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको उनले जानकारी दिए।
पक्राउ परेकाहरू विरुद्ध थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
