यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज ( बुधबारका)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४९ रुपैयाँ १२ पैसा तोकिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ६० पैसा र बिक्रीदर १७२ रुपैयाँ २९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १९७ रुपैयाँ ४६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८५ रुपैयाँ ६८ पैसा र बिक्रीदर १८६ रुपैयाँ ४३ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ९३ पैसा र बिक्रीदर १०३ रुपैयाँ ३५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ७० पैसा र बिक्रीदर १०७ रुपैयाँ १३ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११५ रुपैयाँ ६२ पैसा र बिक्रीदर ११६ रुपैयाँ ०८ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ २९ पैसा र बिक्रीदर नौ रुपैयाँ ३३ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ६६ पैसा र बिक्रीदर २१ रुपैयाँ ७५ पैसा , साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७१ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ७४ पैसा र बिक्रीदर ४० रुपैयाँ ९० पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५५ पैसा र बिक्रीदर चार रुपैयाँ ५७ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ ४४ पैसा र बिक्रीदर ४० रुपैयाँ ६० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९९ पैसा, साउथ कोरियन वन १०० को खरिददर ०९ रुपैयाँ ९० पैसा र बिक्रीदर ०९ रुपैयाँ ९४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५ रुपैयाँ ६८ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ९६ पैसा र बिक्रीदर २३ रुपैयाँ ०६ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ९५ पैसा र बिक्रीदर १९ रुपैयाँ ०३ पैसा, कुवेती दिनार एकको खरिददर ४८३ रुपैयाँ ८६ पैसा र बिक्रीदर ४८५ रुपैयाँ ८१ पैसा, बहराइन दिनार एकको खरिददर ३९३ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३९४ रुपैयाँ ९७ पैसा, ओमनी रियाल एकको खरिददर ३८५ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३८७ रुपैयाँ ३२ पैसा रहेको छ ।
यस्तै,भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
