कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप हुँदा पाँच जना घाइते
अपराध
कञ्चनपुर। कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप हुँदा पाँच जना घाइते भएका छन्। घाइते पाँच जनाको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
तीन जनाको टाउकोमा मध्यम र दुई जनालाई सामान्य चोट लागेको प्रहरीले जनाएको छ।
बुधबार दिउँसो करिब १२ बजेतिर कैदीबन्दीबीच आपसी विवाद हुँदा होहल्ला र गालीगलौज बढ्दै गएर झडपको अवस्था सिर्जना भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
झडपमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का २३ वर्षीय ओमप्रकाश घरेडी, शुक्लाफाँटा–११ का १९ वर्षीय भुवन नाथ, २६ वर्षीय भुवन ऐर, भीमदत्त नगरपालिका–७ का २५ वर्षीय आयुष बम र बेलौरी नगरपालिका–८ का २६ वर्षीय राजु दमाई घाइते भएका हुन्।
कारागारमा झडप हुने बित्तिकै जिल्ला प्रहरी कार्यालयबाट १९ जनाको टोली खटिएको थियो। प्रहरीले स्थिति नियन्त्रणमा लिएको जनाएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
