`

ज्ञानेन्द्र शाहीसँग थुप्रै राजनीतिक सहकार्य गर्न बाँकि छ : रवि लामिछाने(भिडियाे)

Nepal One HD २७ चैत २०८२ १५:५४
प्रमुख खबर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूले राप्रपालाई कुनै धोखा नदिएको स्पष्ट पारेका छन्।

यसअघि राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले लामिछानेसँग भएको संवादपछि उपसभामुखमा उम्मेदवारी दिएको बताएका थिए। सोही विषयमा प्रतिक्रिया दिँदै लामिछानेले भने, ‘ज्ञानेन्द्रजी मेरा निकै राम्रो साथी हुनुहुन्छ। उहाँ सधैं साथी नै रहिरहनुहुन्छ। राजनीतिक सहकार्यका धेरै सम्भावना अझै बाँकी छन्। एउटा माघले कहाँ जाडो जान्छ र?’

उनले उपसभामुख चयनको विषयमा राप्रपासहित विभिन्न दलहरूसँग संवाद हुनु स्वाभाविक प्रक्रिया भएको बताए।

लामिछानेले अगाडि भने , ‘राजनीतिक संवादहरू हुनु सामान्य कुरा हो। सबै दलसँग कुराकानी हुन्छ। यसलाई धोका भन्न मिल्दैन। कहिलेकाहीँ अन्तिम निर्णयका बेला विभिन्न पक्षहरूले प्रभाव पार्न सक्छन्। सहकार्यका अवसरहरू अझै धेरै छन्।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *