`

छ लाखसहित दुई जना पक्राउ

Nepal One HD २८ चैत २०८२ ९:२४
अपराध

सुनसरी।  कोशी गाउँपालिका-८ भण्टाबारीबाट स्रोत नखुलेको ६ लाख ६९ हजार ७१० रुपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख केशव थेबाका अनुसार सप्तरीको तिलाठी कोइलारी गाउँपालिका-५ का ५८ वर्षीय रामलखन यादव र भारत बिहार राज्यको सुपौल जिल्लास्थित छिटही हनुमाननगर ग्राम पञ्चायत-१५का ६५ वर्षीय प्रभु मुखियालाई नियन्त्रणमा लिइएको हो।

मोटरसाइकल चढेर भारतबाट नेपालतर्फ प्रवेश गर्दै गरेका उनीहरूलाई शंका लागेपछि जाँच गरिएको र सोही क्रममा स्रोत नखुलेको रकम फेला परेपछि शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *