`

नियम उल्लंघन गर्ने १ हजार ७ भन्दा बढी चालक कारबाहीमा

Nepal One HD २८ चैत २०८२ ११:२९
प्रशासन

काठमाडौं। काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लंघन गर्ने १ हजार ७ सय १९ जना चालक ट्राफिक प्रहरीको कारबाहीमा परेका छन्।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने १ सय १३ जना चालकलाई कारबाही गरिएको छ। यस्तै, सवारीको यान्त्रिक अवस्था ठीक नराख्ने ३५ जना र सिग्नल बत्ती उल्लंघन गर्ने १ सय २ जना पनि कारबाहीमा परेका छन्।

त्यसैगरी तीव्र गतिमा सवारी चलाउने ९३ जना,लेन अनुशासन पालना नगर्ने १ सय ७९ जना तथा सार्वजनिक सवारी साधन असुरक्षित रूपमा सञ्चालन गर्ने ३८ जना चालकलाई कारबाही गरिएको हो।

अनावश्यक रूपमा हर्न बजाउने ४६ जना र तोकिएको स्थानबाहेक यात्रु चढाउने–ओराल्ने २० जना चालकलाई समेत कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ। अन्य विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ९३ जना पनि कारबाहीमा परेका छन्।

यी कारबाहीबाट कुल ११ लाख ८४ हजार ५ सय रुपैयाँ राजस्व संकलन भई राज्यकोषमा दाखिला गरिएको जनाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *