`

२७७ जना कालोसूचीमा

Nepal One HD ८ वैशाख २०८३ ११:२०
अर्थ समाचार

चितवन। नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र भरतपुरले चालु आर्थिक वर्षमा २७७ ग्राहकलाई कालोसूचीमा राखेको छ ।

लामो समयसम्म विद्युत् महसुल नतिर्ने ग्राहकलाई कालोसूचीमा राखिएको केन्द्रका सूचना अधिकारी नन्दराम विष्टले जानकारी दिए । उनका अनुसार ती ग्राहकबाट १ करोड ४ लाख १७ हजार ३८१ रुपैयाँ बक्यौता उठाउन बाँकी रहेको छ ।

बक्यौता नतिरेका ग्राहकविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको केन्द्रले जनाएको छ । महसुल असुलीका लागि यस आर्थिक वर्षमा १ हजार ८२६ जना ग्राहकको विद्युत् लाइन काटिएको विष्टले बताए । छ महिनासम्म महसुल नतिर्ने ग्राहकको लाइन काटिएको हो ।

हाल केन्द्रमा ७४ हजार ८७६ ग्राहक रहेका छन् । ती ग्राहकबाट ४९ करोड ४ लाख १० हजार ४३७ रुपैयाँ बक्यौता उठाउन बाँकी रहेको जानकारी दिइएको छ ।

बक्यौता असुलीलाई प्रभावकारी बनाउन लाइन काट्ने, सेवाग्राहीलाई सूचना दिने लगायतका काम नियमित रूपमा भइरहेको केन्द्रले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *