`

रविसँग ११ अर्ब बचत फिर्ता माग, के गर्लान् त रविले बाचा पूरा? (भिडियो)

Nepal One HD २७ वैशाख २०८३ १६:२१
बिशेष

काठमाडौं। ११ अर्ब बचत फिर्ताको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको नाममा सहकारी पीडितहरूले ज्ञापनपत्र बुझाएका छन् ।

रविको दल रास्वपा यतिबेला सरकारमा छ । प्रधानमन्त्री बालेन छन् । निर्वाचनअघि १०० दिनमै सहकारीको बचत फिर्ताको बाचा रवि र प्रधानमन्त्री बालेनले गरेका थिए ।

सोहीअनुसार बालेन सरकार गठन भएको डेढ महिना बित्दा ११ अर्ब बचत फिर्ताको माग गर्दै धरानदेखि एउटा टोली काठमाडौं आएर रास्वपा सभापति लामिछानेलाई सम्बोधन गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।

लामिछाने व्यस्त भएको भन्दै ज्ञापनपत्र महामन्त्री कविन्द्र बुर्लाकोटीसहितले बुझेका छन् । धरानको बराह सहकारीबाट पीडितहरूले ज्ञापनपत्र बुझाउँदै बचत फिर्ता गराउन माग गरेका छन् ।

तर, उनीहरूले सरकार र मन्त्रालयका अधिकारीहरूको कुरा सुन्दा भने निराश भएको बताएका छन् । रास्वपा सभापति रवि लामिछाने आफैं सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाका आरोपी हुन् ।

उनी राजनीतिमा आउनुअघि प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्कले सञ्चालन गरेको ग्यालेक्सी फोरके टेलिभिजनमा देशका विभिन्न सहकारीका अर्बौँ रुपैयाँ अपचलन भएको थियो । अझै पनि रवि सहकारी ठगीबाट दोषमुक्त भएका छैनन् ।

यस्तोमा उनलाई धरानको बराही सहकारीपीडितले ११ अर्ब बचत फिर्ता गराउन माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् । यसले रविलाई थप संकट निम्तिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *