`

सुत्केरी श्रीमतीकाे हत्या गरेका साेमबहादुरकाे बयान- मातिएकाे सुरमा रिस उठ्याे

Nepal One HD ३१ वैशाख २०८३ १७:०७
अपराध

काठमाडौं । यही वैशाख ५ गते रुपेन्देहीकाे तिलाेत्तमा-६ मा दर्दनाक घटना भयाे । २५ वर्षीय साेमबहादुर भुजेलले श्रीमती ज्याेती भुजेलकाे हत्या गरे । लगत्तै साेमबहादुर पक्राउ परे । उनीविरुद्धकाे कर्तव्य ज्यान मुद्दा बिहीबार अदालत पुगेकाे छ ।

जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले दायर गरेकाे आराेपपत्रमा साेमबहादुरकाे बयान छ । त्यहाँ साेमबहादुरले रक्सी खाएर काेठा गएका आफूले तीन महिने सुत्केरी श्रीमती ज्याेतीकाे हत्या गरेकाे स्वीकारेका छन् ।

उनले लामाे बयानमा भनेका छन्, ‘मिति २०८३-०१-०५ गतेका दिनभर काम गरी सांझ घर जाँदा आधा किलो कुखुराको मासु पसलबाट खरिद गरी ठुलो गिलासको ४/५ गिलास लोकल रक्सी सेवन गरी नशाको सुरमा मासु लिई घरमा गएको थिए। घरमा जाँदा श्रीमतीले पनि रक्सी सेबन गरी सुतेकी सानो बच्चा छोरी रोई रहेको थियो। मैले श्रीमतीलाई किन बच्चालाई रुवाएको हो, तीन महिनाको सुत्केरीले रक्सी नखाएको भए हुन्थ्यो, भनि भन्दा निज म संग झै झगडा गरेको हुँदा मैले निज श्रीमतीलाई गाली गलौज गरेको हुँ,’ उनकाे बयान छ, ‘दिनभर मैले काम गरी थकान भई घरमा आउँदा श्रीमतीले रक्सी खाई सानो बच्चालाई रुवाउँदै सुतेको हुँदा मलाई रिश उठी रहेको थियो। मैले लगेको मासु श्रीमतीलाई बनाउन भन्दा निजले पछि बनाउला भन्दै म संग डी झगडा गरि राखेकी थिई। म रिसको आबेगमा आई निज श्रीमतीलाई मेरो हात तथा मुक्काले जोडले अनुहारमा २ पटक प्रहार गर्दा निज श्रीमती कोठाको भुईमा पल्टिन पुगेकी हुन् ।’

आफूलाई रक्सी अलिक बढी लागेकाे हुनाले भुइँमा लडेकी श्रीमतीलाई कोठामा रहेको फलामको ढुङग्रो तथा चिम्टा समेत उठाई निर्ममतापूर्वक प्रहार गरेको पनि बताएका छन् ।

त्यसपछि दुवै खाना नखाइ सुतेकाे र आफूले छाेरीलाई खाटमा लगेर सुताएकाे बयान दिएका छन् । श्रीमती भने भुइँमै सुतेकाे र राति छाेरी राेएपछि श्रीमतीकाे दूध खुवाएकाे बयानमा उल्लेख छ ।

तर, राति फेरि छाेरी राेएपछि दूध खुवाउन लाँदा श्रीमती नबाेलेकाे र चलाउँदा नचलेपछि घरभेटी डिला बगालेलाई घटनाबारे थाहा दिएकाे पिन साेमबहादुरले भनेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *