`

चम्किए इशान पाण्डे, स्कटल्यान्डपछि अमेरिकाविरुद्ध पनि अर्धशतक

Nepal One HD ८ जेठ २०८३ १३:४७
खेलकुद

काठमाडौं- इशान पाण्डे अमेरिकाविरुद्धकाे खेलमा पनि चम्किएका छन् । नेपाली टोलीका नयाँ शीर्ष क्रमका ब्याट्सम्यान उनले अमेरिकाविरुद्ध अर्धशतक पूरा गरेका छन् ।

जेठ ४ मा स्कटल्यान्डविरुद्धको खेलमा पनि उनले अर्धशतक बनाएका थिए । शुक्रबार पनि उनले अमेरिकाविरूद्ध त्यस्तै खेल खेले ।

काठमामडौंको कीर्तिपुरमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय त्रिदेशीय क्रिकेटमा उनले लगातार दोस्रो अर्धशतक बनाएका हुन् ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अमेरिकाविरुद्ध आईसीसी विश्वकप लिग-२ अन्तर्गत अर्धशतक पूरा गर्दै ८१ बलमा ८२ रन बनाइसकेका छन् ।

यसअघि इशानले ६१ बलको सामना गर्दै एक छक्का र तीन चौकासहित ५० रन पूरा गरेका थिए । नेपाली राष्ट्रिय टोलीमा नयाँ ब्याटर उनले अन्तर्राष्ट्रिय करिअरतर्फ सुरूवातमै आफूलाई अब्बल सावित गरेका छन् ।

होम ग्राउन्डमा भइरहेको लिग–२ शृंखलाबाट उनले वान्डेमा ‘डेब्यू’ गरेसँगै चम्किन थालेका हुन् । उनले नेपालका लागि तेस्रो खेल खेल्दैछन् ।

ताजा अवस्थामा नेपाल ४० ओभर खेल्दै ३ विकेको क्षतिमा २१२ रनको अवस्थामा पुगेको छ। नेपालले टस हार्दै ब्याटिङको निम्तो पाएको हो । अहिले ८३ रन बनाएका इशानलाई दीपेन्द्रसिंह भरीले साथ दिइरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *