`

रास्वपाको निर्वाचन विभाग प्रमुख बने भुवन केसी

Nepal One HD १९ जेठ २०८३ १३:०३
प्रमुख खबर

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय निर्वाचन विभाग प्रमुखमा भुवन केसीलाई मनोनयन गरेको छ।

पार्टीको केन्द्रीय सचिवालय बैठकले केसीलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिएका हुन्।

रास्वपाले पार्टीको विधान, नीति, सिद्धान्त तथा निर्वाचन आयोगसम्बन्धी नियमावली र कार्यविधिअनुसार केसीले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *