`

प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध विपक्षीको विरोध जारी

Nepal One HD १९ जेठ २०८३ १५:११
प्रमुख खबर

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को विवादास्पद अभिव्यक्तिलाई लिएर उत्पन्न राजनीतिक विवाद साम्य हुन नसक्दा विपक्षी दलहरूले प्रतिनिधिसभाको बुधबारको बैठकमा पनि विरोध जारी राखेका छन् ।

सभामुख डीपी अर्यालले बैठकको कारबाही सुरु गर्नेबित्तिकै विपक्षी दलका सांसदहरू आ-आफ्नो आसनबाट उठेर विरोधमा उत्रिएका हुन् ।

उनीहरूले प्रधानमन्त्रीले संसद्मा दिएको ‘नेपालले पनि भारतको भूमि मिचेको’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उक्त भनाइ फिर्ता लिन, संसद्को अभिलेखबाट हटाउन तथा प्रधानमन्त्रीबाट औपचारिक स्पष्टीकरण र माफीको माग दोहोर्‍याएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *