आफ्नै आरोपको आफैंले छानबिन गर्न मिल्दैन – झाक्री
काठमाडौं। राष्ट्रिय सभा सदस्य रामकुमारी झाक्रीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ‘अर्थ प्रणाली भित्रको चलायमान र जान्ने खेलाडी’ को संज्ञा दिएकी छिन्।
उनले सामाजिक सञ्जालमार्फत अर्थमन्त्रीमाथि उठेका आरोपबारे स्वतन्त्र छानबिन हुनुपर्ने भन्दै संसद वा संसदीय समितिमार्फत अनुसन्धान गरिनुपर्ने धारणा सार्वजनिक गरेकी हुन्।
झाक्रीले आफ्नो स्टाटसमा स्वर्णिम वाग्ले विगतमा योजना आयोगको सदस्य तथा उपाध्यक्षजस्ता जिम्मेवारीमा रहँदा राज्य प्रणालीभित्रकै सक्रिय र जानकार पात्र रहेको उल्लेख गरेकी छन्। अहिले देखिएको विवादलाई ‘नयाँ’ भन्दै सामान्यीकरण गर्न नमिल्ने उनको तर्क छ।
उनले विपक्षी बेन्चमा रहँदा वाग्लेले बजेट र आर्थिक अनुशासनबारे दिएका अभिव्यक्तिहरू स्मरण गराउँदै अहिले उनीमाथि उठेका प्रश्नको जवाफ दिनुपर्ने अवस्था आएको बताएकी छन्। अन्य व्यक्तिले गरेका आर्थिक अनियमिततालाई अपराध मान्ने तर अर्थमन्त्रीको भूमिकामाथि प्रश्न उठ्दा त्यसलाई सामान्य रूपमा लिन नसकिने उनको भनाइ छ।
झाक्रीले ‘दूधको साक्षी बिरालो’ भन्ने उखान प्रयोग गर्दै आरोपित व्यक्तिले आफूमाथिको छानबिन आफैं गर्न वा गराउन नमिल्ने जिकिर गरेकी छन्। उनले अर्थमन्त्रीमाथि आरोप लागेको अवस्थामा निष्पक्ष र विश्वसनीय अनुसन्धान आवश्यक रहेको उल्लेख गरेकी छन्।
‘तपाईलाई आरोप लाग्यो, तपाईमाथि प्रश्न उठ्यो भने तपाईमाथि नै छानबिन हुनुपर्छ। तर तपाईले छानबिन गराउने होइन,’ भन्दै झाक्रीले लेखेकी छन्, ‘तपाईमाथिको छानबिन संसदले वा संसदले बनाएको समितिले गर्न सक्छ र गर्नुपर्छ।’
यस्तो छ उनको स्टाटस:
