`

प्रतिनिधिसभा बैठक सुरू, विपक्षीको अवरोध

Nepal One HD २७ जेठ २०८३ १५:२१
बिशेष

काठमाडौं । प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध गरेका छन्।

सभामुख डोलप्रसाद अर्यालले बैठक सुरु गरेलगत्तै विपक्षी दलका सांसदहरू उठेर विरोध जनाएका हुन्।

प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले भारतको सीमा मिचेको भन्ने अभिव्यक्ति दिएको विषयलाई लिएर विपक्षी दलहरूले आपत्ति जनाउँदै सदन अवरुद्ध गरेका छन्।

विपक्षी सांसदहरूले प्रधानमन्त्रीको उक्त भनाइ कूटनीतिक दृष्टिले संवेदनशील भएको भन्दै स्पष्टिकरणको माग गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *