`

‘बालेनको अभिव्यक्ति बालेन आफैंले सच्याउनुपर्छ’ – हर्क साम्पाङ

Nepal One HD २७ जेठ २०८३ १५:२७
बिशेष

काठमाडौं । श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्कराज राई (हर्क साम्पाङ) ले प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)ले दिएको अभिव्यक्ति आफैंले सच्याउनुपर्ने बताएका छन्।

बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्रीको तर्फबाट धारणा प्रस्तुत गर्ने विषयमा आफूहरूको सहमति नरहेको स्पष्ट पारे।

‘त्यसमा सहमति छैन। हामीले जुन निर्णयप्रति विरोध जनाएका छौं, त्यसलाई यथावत् स्वीकार गर्न सकिँदैन,’ उनले भने। उनका अनुसार प्रधानमन्त्रीको पदलाई अझ जिम्मेवार र संवेदनशील बनाउनुपर्ने आवश्यकता छ।

हर्क साम्पाङले प्रधानमन्त्री अनुपस्थित रहेको अवस्थामा लिखित रूपमा पठाइएको धारणा परराष्ट्रमन्त्रीले पढ्न सक्ने भए पनि विवादास्पद अभिव्यक्ति अरूबाट सच्याउने अभ्यास स्वीकार्य नहुने बताए।

उनले संविधानअनुसार राज्यका सबै निकायले काम गर्नुपर्नेमा जोड दिँदै संसदीय मर्यादा कायम राख्नुपर्ने धारणा राखे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *