`

परराष्ट्रमन्त्रीको सम्बोधनप्रति विरोध, हर्कले खोजे बालेन कै जवाफ

Nepal One HD २७ जेठ २०८३ १५:४५
बिशेष

काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालले प्रतिनिधिसभा बैठकमा आफ्नो हालै सम्पन्न भारत भ्रमणबारे जानकारी गराएका छन्। तर उनको सम्बोधनका क्रममा श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई (हर्क साम्पाङ) सहित केही सांसदले विरोध जनाएका छन्।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा परराष्ट्रमन्त्री खनालले सम्बोधन गरिरहँदा साम्पाङसहितका सांसदहरू आफ्नो आसनबाट उठेर विरोधमा उत्रिएका थिए। उनीहरूले प्रधानमन्त्री बालेन्द्र शाहले सीमा सम्बन्धी दिएको अभिव्यक्तिबारे स्पष्टिकरण दिनुपर्ने अडान दोहोर्‍याएका छन्।

बैठक सुरु हुनासाथ साम्पाङले प्रधानमन्त्री स्वयं उपस्थित भएर आफ्नो भनाइबारे स्पष्टीकरण दिनुपर्ने माग गरेका थिए। उनले प्रधानमन्त्रीको अभिव्यक्तिको जवाफ वा व्याख्या अन्य मन्त्रीमार्फत गरिनु स्वीकार्य नहुने बताएका छन्।

विरोधका बीच परराष्ट्रमन्त्री खनालले भने आफ्नो भारत भ्रमणका उपलब्धि र द्विपक्षीय सम्बन्धका विषयमा सदनलाई जानकारी गराएका थिए।

प्रधानमन्त्रीको विवादित अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले निरन्तर सदनमा प्रश्न उठाइरहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *