`

‘प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक, तर अब सदन त्यसैमा अल्झिनु हुँदैन’ : कांग्रेस

Nepal One HD २७ जेठ २०८३ १६:१०
राजनीति

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संसदमा दिएको ‘नेपालले भारतको सीमा मिचेको’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाएको छ।

यद्यपि, उक्त विषयलाई लिएर संसद लामो समयसम्म रुमल्लिन नहुने स्पष्ट धारणा कांग्रेसले राखेको छ।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेसका एक नेताले प्रधानमन्त्रीलाई सदनको आवश्यकता नपरे पनि प्रतिपक्षका लागि संसद अत्यन्त महत्वपूर्ण रहेको बताए।

उनले प्रधानमन्त्रीको अभिव्यक्ति विवादास्पद र आपत्तिजनक रहेको दोहोर्‍याउँदै भविष्यमा यस्ता अभिव्यक्ति नआउन् भन्ने अपेक्षा व्यक्त गरे।

‘प्रधानमन्त्रीलाई सदन नचाहिएला, तर हामीलाई चाहिन्छ। कुनै दिन छापामार शैलीमा आउनुहोला, फेरि केही बोल्नुहोला भन्ने चिन्ता छ,’ उनले भने, ‘तर अब प्रधानमन्त्रीले बोलेको विषयमै सदनलाई अल्झाइराख्नु हुँदैन भन्ने जिम्मेवारी पनि हामीले महसुस गरेका छौँ।’

कांग्रेसले प्रधानमन्त्रीको सीमा सम्बन्धी भनाइप्रति असहमति जनाए पनि संसदलाई जनसरोकारका अन्य महत्वपूर्ण विषयतर्फ केन्द्रित गर्नुपर्ने धारणा अघि सारेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *