`

कर्णाली प्रदेशको आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषद्बाट स्वीकृत

Nepal One HD १ असार २०८३ १७:१७
अर्थ समाचार

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि तयार गरेको बजेट प्रदेश मन्त्रिपरिषद्बाट स्वीकृत गरेको छ।

सोमबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले बजेटसँग सम्बन्धित प्रस्तावहरू अनुमोदन गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री विनोदकुमार शाहले जानकारी दिए।

उनका अनुसार बैठकले कर्णाली प्रदेश आर्थिक विधेयक, २०८३ र कर्णाली प्रदेश विनियोजन विधेयक, २०८३ प्रदेशसभामा पेश गर्न स्वीकृति प्रदान गरेको छ।

मन्त्रिपरिषद्बाट स्वीकृत बजेट अब प्रदेशसभा बैठकमा प्रस्तुत गरिनेछ। प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि विकास निर्माण, सेवा प्रवाह तथा प्रदेशको समग्र आर्थिक गतिविधिलाई केन्द्रमा राखेर बजेट तयार गरेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *