`

रास्वपा महाधिवेशनमा ओली नजाने, एमालेबाट प्रदीप ज्ञवाली सहभागी हुने

Nepal One HD ६ असार २०८३ ११:४८
नेकपा एमाले

काठमाडौं । नेकपा (एमाले) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा पार्टीका केन्द्रीय सदस्य प्रदीप ज्ञवालीलाई प्रतिनिधिका रूपमा पठाउने भएको छ।

चितवनमा आइतबारदेखि सुरु हुने रास्वपाको पहिलो महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन रास्वपाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई निमन्त्रणा दिएको थियो। तर, अध्यक्ष ओली कार्यक्रममा सहभागी नहुने निर्णय भएको एमाले स्रोतले जनाएको छ।

एमालेका अनुसार महाधिवेशनमा अध्यक्ष मात्रै होइन, पदाधिकारी तहका अन्य नेताहरूको पनि सहभागिता रहने छैन। पार्टीको तर्फबाट नेता प्रदीप ज्ञवालीले उद्घाटन समारोहमा प्रतिनिधित्व गर्नेछन्।

हाल ज्ञवाली एमालेका केन्द्रीय सदस्य रहेकाले महाधिवेशनमा सहभागी हुने एमालेका सबैभन्दा वरिष्ठ प्रतिनिधि उनी नै हुनेछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *