`

मुकुलको गुनासो – ‘निम्तो सूचीमा समेत परिनँ।’

Nepal One HD ७ असार २०८३ १५:२५
प्रमुख खबर

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकालले पार्टीको पहिलो महाधिवेशनमा आफूलाई निमन्त्रणा नदिइएको भन्दै असन्तुष्टि जनाएका छन्।

आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले पार्टी स्थापना गर्ने व्यक्तिलाई नै महाधिवेशनमा बोलाइएको सूचीमा नराखिएको भन्दै प्रश्न उठाएका हुन्।

उनले लेखेका छन्, ‘आज पार्टीले आफ्नो प्रथम ऐतिहासिक महाधिवेशन गर्दैछ। विडम्बना, पार्टी स्थापना गर्ने म भने महाधिवेशनको निम्तो सूचीमा समेत परिनँ।’

ढकालको यो अभिव्यक्तिले रास्वपाको आन्तरिक व्यवस्थापन र संगठनात्मक सम्बन्धबारे फेरि चर्चा सुरु भएको छ। महाधिवेशन सुरु भएसँगै विभिन्न नेताहरूको सहभागिता र अनुपस्थितिलाई लिएर पार्टीभित्रका मतभेदहरू पनि सतहमा देखिन थालेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *