`

विष्णुकाे पक्राउपछि एमालेले बाेलायाे संसदीय दल र सचिवालय बैठक

Nepal One HD ९ असार २०८३ ११:३३
नेकपा एमाले

काठमाडाैं । उपाध्यक्ष विष्णु पाैडेल पक्राउ परेपछि नेकपा एमालेले संसदीय दल र सचिवालय बैठक बाेलाएकाे छ ।

अपराह्न २ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा दलकाे बैठक बस्ने भएकाे हाे । साँझ ६ बजे भने सचिवालय बैठक बस्ने भएकाे हाे । बैठक अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा बस्ने भएकाे हाे ।

एकपछि अर्काे पार्टी नेता पक्राउ परेपछि एमाले आक्राेशित छ । एमालेले आफ्ना उपाध्यक्ष पाैडेलकाे पक्राउलाई प्रतिवाद गर्ने चेतावनी दिएकाे छ ।

अध्यक्ष ओलीले साेमबार नै बिना कारण राजनीतिक प्रतिशाेध साँधेर आफ्ना नेताहरु पक्राउ गर्ने बालेन सरकारकाे कदम गलत भएकाे भन्दै प्रतिवाद गर्ने चेतावनी दिइसकेका छन् ।

नेता प्रदीप ज्ञवालीले पहिले थुन्‍ने र पछि सुन्‍ने सरकारकाे शैलीप्रति आपत्ति जनाए । पाैडेल सम्पत्ति छानबिनका लागि साेमबार पक्राउ परेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *