`

आर्थिक विधेयक, २०८३ प्रतिनिधिसभाबाट बहुमतले पारित

Nepal One HD १४ असार २०८३ १५:०५
अर्थ समाचार

काठमाडौं। आगामी आर्थिक वर्षका राजस्व तथा करसम्बन्धी व्यवस्थालाई कानुनी आधार दिने आर्थिक विधेयक, २०८३ प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको विधेयक पारित गर्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको हो।

सभामुख डोलप्रसाद (डीपी) अर्यालले प्रतिनिधिसभाको निर्णय सार्वजनिक गर्दै आर्थिक विधेयक बहुमतबाट पारित भएको घोषणा गरेका थिए। यससँगै आगामी आर्थिक वर्षका लागि सरकारले प्रस्ताव गरेका कर, राजस्व तथा आर्थिक नीतिसम्बन्धी व्यवस्थाहरू कार्यान्वयनको बाटो खुलेको छ।

प्रतिनिधिसभाबाट पारित भएको आर्थिक विधेयक आगामी साउन १ गतेदेखि लागू हुनेछ।

सरकारले सार्वजनिक गरेको बजेटमा समेटिएका राजस्वसम्बन्धी विभिन्न प्रावधान यही विधेयकमार्फत कार्यान्वयनमा आउनेछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *