कम्युनिस्ट एकताको विकल्प छैन : झलनाथ खनाल
नेकपा एमाले
काठमाडौं। नेकपाका नेता झलनाथ खनालले कम्युनिस्ट एकताको विकल्प नभएको बताएका छन्।
जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले लामो समयपछि दुई ठूला वामपन्थी दलका नेताहरू एउटै मञ्चमा उभिएको उल्लेख गरे।
उनले समय र परिस्थितिले वामपन्थी शक्तिलाई एकताबद्ध हुन बाध्य बनाइरहेको भन्दै अब कम्युनिस्ट एकतालाई दीर्घकालीन रूपमा अघि बढाउनुपर्ने धारणा राखे।
खनालले आजकै दिनबाट वामपन्थी एकतालाई नयाँ ढंगले अगाडि बढाउने पहल सुरु गर्नुपर्ने आवश्यकता रहेको पनि बताए।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
