`

फिफाको स्पष्टीकरण : जर्मनीको गोल नियमअनुसार नै रद्द गरिएको दाबी

Nepal One HD १७ असार २०८३ १७:१२
खेलकुद

काठमाडौं। विश्वकप फुटबल २०२६ अन्तर्गत जर्मनी र पराग्वेबीचको अन्तिम ३२ को खेलमा जर्मनीको गोल रद्द गरिएको निर्णयबारे फिफाले औपचारिक स्पष्टीकरण दिएको छ।

फिफाका अनुसार गोलअघि जर्मनीका खेलाडी वाल्डेमार एन्टोनले पराग्वेका गोलरक्षक ओर्लान्डो गिलको खेल्ने क्षमतामा अवरोध पुर्‍याएका कारण उक्त गोललाई अमान्य ठहर गरिएको हो।

भिडियो असिस्टेन्ट रेफ्री (भार)को सुझावपछि रेफ्री जलाल जायदले निर्णय परिवर्तन गर्दै गोल रद्द गरेका थिए।

फिफा रेफ्री समितिका प्रमुख पियरलुइजी कोलिनाले गोलरक्षकको चाल वा खेल्ने स्वतन्त्रतामा अनावश्यक अवरोध गर्ने कार्यलाई नियमविपरीत मानिने स्पष्ट पारे। उनले यस्तो अवस्थाबारे प्रतियोगिता सुरु हुनुअघि नै सबै सहभागी टोली, प्रशिक्षक र खेलाडीलाई जानकारी गराइसकिएको बताए।

उक्त निर्णयपछि निर्धारित समय १–१ को बराबरीमा सकिएको खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। त्यसमा पराग्वे ४-३ ले विजयी हुँदै क्वार्टरफाइनलमा पुगेको थियो भने चार पटकको विश्वविजेता जर्मनी प्रतियोगिताबाट बाहिरिएको थियो।

यद्यपि फिफाको निर्णयलाई लिएर बहस भने जारी छ। जर्मनीका मुख्य प्रशिक्षक जुलियन नागेल्सम्यानले गोल रद्द गर्नु उचित नभएको प्रतिक्रिया दिएका छन्।

केही फुटबल विश्लेषकहरूले पनि उक्त अवस्थामा भारको हस्तक्षेप आवश्यक थियो वा थिएन भन्ने विषयमा फरक मत राखेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *