`

विष्णु पौडेलविरुद्ध तेस्रोपटक म्याद थप, थप ६ दिन हिरासतमा राख्न अनुमति [भिडियाे]

Nepal One HD १८ असार २०८३ १४:३२
नेकपा एमाले

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि विशेष अदालतले थप ६ दिन हिरासतमा राख्न अनुमति दिएको छ।

विशेष अदालतका न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले अनुसन्धानका लागि पौडेलको तेस्रोपटक म्याद थप गर्ने आदेश दिएको हो।

पौडेललाई असार ८ गते सुर्खेतबाट सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पक्राउ गरेको थियो। विभागका अनुसार उनको सेयर कारोबार तथा सम्पत्तिको शंकास्पद स्रोतबारे अनुसन्धान भइरहेको छ।

पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेललाई यसअघि पनि विशेष अदालतले दुईपटक अनुसन्धानका लागि हिरासत म्याद थप गरिसकेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *