`

गगन थापाको टिप्पणी: सरकार ‘लाइफ’ भन्दा ‘लाइक’ केन्द्रित छ

Nepal One HD २१ असार २०८३ १४:५९
प्रमुख खबर

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको प्राथमिकतामाथि प्रश्न उठाउँदै नागरिकको वास्तविक समस्या समाधानभन्दा सामाजिक सञ्जालमा लोकप्रिय देखिने प्रयास बढी भएको टिप्पणी गरेका छन्।

आइतबार सानेपास्थित पार्टी मुख्यालयमा आयोजित सरकारको १०० दिनसम्बन्धी समीक्षा कार्यक्रममा बोल्दै थापाले नीति–निर्णयहरू व्यवहारिक समाधानभन्दा ‘प्रदर्शनमुखी’ शैलीमा केन्द्रित भएको संकेत गरे।

उनका अनुसार भूमिहीन तथा सुकुम्बासी समस्याको दीर्घकालीन समाधान कानुनी प्रक्रियाबाट गर्न सकिने विकल्प हुँदाहुँदै तत्काल दृश्य प्रभाव देखिने कदमलाई प्राथमिकता दिइएको छ।

थापाले भने, ‘यो सरकारलाई लाइफभन्दा लाइकको चिन्ता छ, त्यसैमा लागेको छ । भूमिहिनहरूको समस्या कानुन बनाएर समाधान गरेको भए सामाजिक सञ्जालमा लाइक चाहिँ आउँदैन्थ्यो, त्यसैले सुकुम्बासी बस्तीमा डोजर चलाइयो।’

उनले प्रधानमन्त्रीले बालुवाटारबाट नभई सिंहदरबारबाट शासन सञ्चालन गरेको विषयलाई भने केही सकारात्मक संकेतका रूपमा उल्लेख गरेको बताइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *