`

दोलखाको वैतेश्वरमा आगलागी, एक घर पूर्ण रूपमा जलेर नष्ट

Nepal One HD २१ असार २०८३ १५:२४
समाचार

दोलखा। दोलखाको वैतेश्वर गाउँपालिका–८ क्षेत्रपामा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ।

शनिबार भएको आगलागीमा स्थानीय ६३ वर्षीय गोपाल श्रेष्ठको घर पूर्ण रूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको हो ।

आगलागीबाट घरभित्र रहेका सुनचाँदीका गहना, नगद रकम, अन्नपात तथा लत्ताकपडा लगायत सम्पूर्ण सामग्री जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ।

त्यस्तै, घर नजिकै रहेको गोठमा समेत सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *