`

विष्णु पौडेल विरुद्द चौथोपटक म्याद थप

Nepal One HD २४ असार २०८३ १६:४९
नेकपा एमाले

काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइरालाको संयुक्त इजलासले बुधबार पाँच दिनको म्याद थप गर्ने आदेश दिएको हो।

सम्पत्ति शुद्धीकरणको आरोपमा अनुसन्धानका क्रममा पौडेललाई गत असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो। त्यसयता अनुसन्धानका लागि अदालतले पटक–पटक म्याद थप गर्दै आएको छ। यसअघि असार ९ गते सात दिन, असार १५ गते तीन दिन र असार १८ गते थप छ दिनको म्याद स्वीकृत गरिएको थियो।

यता, पौडेलकी पत्नीले उनको रिहाइको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन भने खारेज भइसकेको छ।

पौडेलमाथि भइरहेको सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान जारी रहेको सम्बन्धित निकायले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *