गृहमन्त्रीको अभिव्यक्तिप्रति नेकपा सांसद शर्माको नियमापत्ति
प्रमुख खबर
काठमाडौं। गृहमन्त्री सुधन गुरुङले संसद्मा दिएको अभिव्यक्तिप्रति नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद गोपाल शर्माले नियमापत्ति जनाएका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा गृहमन्त्री गुरुङले सांसदहरूले ‘घाँटी सुक्ने गरी चिच्याएर’ सरकारको विरोध गरेको अभिव्यक्ति दिएका थिए । सोही विषयलाई लिएर सांसद शर्माले आपत्ति जनाएका हुन् ।
सांसद शर्माले गृहमन्त्रीको अभिव्यक्तिले सांसदहरूको सम्मानमा आँच पुगेको भन्दै उक्त भनाइ संसद्को अभिलेखबाट हटाउन माग गरे ।
‘सदनमा सांसद बोल्दा ‘घाँटी सुक्ने गरी चिच्याएको’ भन्न पाइँदैन । सांसदहरूको अपमान गर्न पाइँदैन । उहाँको त्यो भनाइ संसद्को रेकर्डबाट हटाउन माग गर्दछु,’ उनले भने।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
