`

सरकारको आधिकारिक वेब पोर्टल बन्द

Nepal One HD २७ असार २०८३ १२:०६
प्रमुख खबर

काठमाडौं। नेपाल सरकारको आधिकारिक वेब पोर्टल नेपाल डट जीओभी डट एनपी नयाँ स्वरूपमा सार्वजनिक भएको केही दिनमै अवरुद्ध भएको छ।

अहिले पोर्टल खोल्न खोज्दा प्रयोगकर्ताले ‘दिस साइट क्यान्ट बी रिच्ड’ भन्ने सन्देश मात्र देखिरहेका छन्।

सन् २०१७ पछि पहिलो पटक पोर्टलको डिजाइन र इन्टरफेसमा व्यापक परिवर्तन गरिएको थियो। नयाँ स्वरूपको पोर्टल परीक्षणका रूपमा सञ्चालनमा ल्याइए पनि हाल पूर्ण रूपमा पहुँचबाहिर पुगेको छ।

सरकारले भने पोर्टललाई नयाँ स्वरूपमा सञ्चालनमा ल्याएको विषयमा औपचारिक जानकारी दिएको थिएन। पोर्टलमै यसलाई ‘बिटा भर्सन’ अर्थात् परीक्षण चरणको प्रणालीका रूपमा उल्लेख गरिएको थियो।

नयाँ पोर्टलमा विभिन्न सरकारी सेवामा पुग्न ‘क्विक लिङ्क’ राखिएको थियो। त्यस्तै १८ वटा मन्त्रालयका वेबसाइटमा सिधै जान सकिने सुविधा, मन्त्रिपरिषद्का सदस्यहरूको विवरण तथा सरकारी सेवा र निकायबारे जानकारी खोज्दा एआईमार्फत सारांश उपलब्ध गराउने सुविधा पनि समावेश गरिएको थियो।

तर अहिले पोर्टल पूर्ण रूपमा अवरुद्ध रहेकाले यी कुनै पनि सेवा प्रयोग गर्न सकिने अवस्था छैन।

पोर्टल किन बन्द भयो, प्राविधिक समस्या के हो र कहिलेसम्म पुनः सञ्चालनमा आउँछ भन्नेबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले हालसम्म कुनै औपचारिक जानकारी सार्वजनिक गरेको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *