`

आत्मदाह प्रयास गरेका आश्विन राउतको उपचारका क्रममा निधन

Nepal One HD २७ असार २०८३ १७:०९
प्रमुख खबर

काठमाडौं। काठमाडौंको बुद्धनगरमा शनिबार बिहान आत्मदाह प्रयास गरेका ४५ वर्षीय आश्विन राउतको उपचारका क्रममा निधन भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार आफ्नै घरको भान्साकोठामा शरीरमा आगो लगाएका राउतलाई तत्काल प्रहरीले उद्धार गरी वीर अस्पताल पुर्‍याएको थियो। अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेका उनको केहीबेरअघि मृत्यु भएको हो।

प्रहरीका अनुसार राउतको शरीरको ५० प्रतिशतभन्दा बढी भाग जलेको थियो। उनी श्रीमती र एक छोरासहित बुद्धनगरमा बस्दै आएका थिए।

राउतले आत्मदाहको प्रयास गर्नुको कारण भने हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *