`

सुकुम्वासीको उठिवास र जेनजी अभियन्ता पक्राउको विरोधमा माइतीघरमा प्रदर्शन

Nepal One HD २८ असार २०८३ १२:५८
फोटोफिचर

काठमाडौं । सुकुम्वासीहरूको उचित व्यवस्थापन नगरी उठिवास लगाएको आरोप लगाउँदै संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाले आइतबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ।

प्रदर्शनकारीहरूले किर्तिपुरस्थित होल्डिङ सेन्टरमा शनिबार बिहान बाढी पसेपछि प्रभावित सुकुम्वासीहरूको व्यवस्थापन नगरी विस्थापित बनाइएको भन्दै सरकारको विरोध गरेका हुन्।

उनीहरूले शनिबार साँझ सुकुम्वासीहरूको अवस्था बुझ्न पुगेका जेनजी अभियन्ताहरूलाई प्रहरीले पक्राउ गरेको घटनाको पनि विरोध गरेका छन्। प्रदर्शनका क्रममा सरकारसँग प्रभावित सुकुम्वासीहरूको सुरक्षित र सम्मानजनक व्यवस्थापन गर्न तथा पक्राउ परेका अभियन्ताहरूलाई रिहा गर्न माग गरिएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *