पहिराेले पुरिँदा आमाकाे मृत्यु, छाेरी र नातिनीकाे सकुशल उद्धार
बिशेष
काठमाडाैं । जाजरकोटमा पहिरोमा पुरिएर आमाकाे मृत्यु भएको छ। छाेरी र नातिनीकाे सकुशल उद्धार गरिएकाे छ ।
भेरी नगरपालिका-२ राङ्सी बस्ने करिब ६० वर्षीया जयशीला शाहको पहिरोले पुरिँदा मृत्यु भएको हाे ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक सुधीरकुमार खड्काका अनुसार उनका घटनामा उनकी ४० वर्षीया छोरी मेनुका शाह थापा र नातिनी ७ वर्षीया टिका थापालाई पहिरोबाट सकुशल उद्धार गरिएको छ ।
गएराति उनीहरू बास बसेको अस्थायी टहरोलाई पहिरोले पुर्दा घटना भएको हो।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
