गगन र प्रचण्ड भेट्दै
बिशेष
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज भेटवार्ता हुने भएको छ।
नेकपा स्रोतका अनुसार मंगलबार दिउँसो १ बजे प्रचण्ड निवासमा दुई नेताबीच भेट तय गरिएको छ।
भेटमा पछिल्लो राजनीतिक घटनाक्रम, संसद्को गतिविधि, सरकारको कार्यशैली तथा समसामयिक राष्ट्रिय राजनीतिक विषयमा छलफल हुने बताइएको छ।
यद्यपि भेटको औपचारिक एजेन्डाबारे दुवै पक्षले विस्तृत जानकारी सार्वजनिक गरेका छैनन्।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
