`

एमाले सांसद ऐन महरलाई गोली हान्ने धम्की[भिडियाे]

Nepal One HD ३० असार २०८३ १५:२०
बिशेष

काठमाडौं। नेकपा (एमाले)का सांसद ऐन महरले आफूलाई सामाजिक सञ्जालमार्फत गोली हान्ने तथा ज्यान मार्ने धम्की आएको बताएका छन्।

उनले सरकारका कामको गुण र कमजोरीका आधारमा मात्र आलोचना गर्ने गरेको भए पनि त्यसकै कारण निरन्तर धम्की आइरहेको बताएका हुन्।

सांसद महरका अनुसार आफूले सरकारको अन्धाधुन्ध विरोध नगरेको भए पनि संसदमा सरकारका गतिविधिबारे धारणा राखेकै कारण सामाजिक सञ्जालमा ज्यान मार्ने धम्की दिइएको हो।

‘मलाई लगातार धम्की आइरहेको छ। सामाजिक सञ्जालमार्फत ‘गोली हानेर मारिदिन्छु’ भन्ने सन्देश पठाइएको छ। ‘पराजुली राम’ नामको प्रोफाइलबाट यस्तो धम्की आएको हो,’ उनले भने, ‘उक्त प्रोफाइलमा बौद्ध क्षेत्रको ठेगाना उल्लेख गरिएको छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *