एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लियो
नेकपा एमाले
धनगढी । नेकपा (एमाले)ले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।
बुधबार बसेको एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।
यसअघि मुख्यमन्त्री शाहले सरकारमा सहभागी एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीलाई पदबाट बर्खास्त गरेका थिए। त्यसलगत्तै बसेको एमाले संसदीय दलको बैठकले सरकारसँगको सहकार्य अन्त्य गर्दै समर्थन फिर्ता लिने औपचारिक निर्णय गरेको हो।
सरकार र एमालेबीच आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलाई लिएर विवाद बढ्दै गएपछि दुवै पक्षबीचको राजनीतिक सम्बन्ध टुटेको हो। एमालेले समर्थन फिर्ता लिएसँगै सुदूरपश्चिम प्रदेशको राजनीतिक समीकरणमा नयाँ मोड आएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
