`

मृत्यु दर्ता प्रमाणपत्र र आर्थिक सहायता घरमै पुर्‍याउने वडाध्यक्ष मनाेज

Nepal One HD ३१ असार २०८३ १९:२०
समाज

काठमाडाैं । झापाको शिवसताक्षी नगरपालिका-६ ले मृत्यु भएको १३ दिनभित्र मृतकका परिवारलाई घरमै पुगेर मृतककाे मृत्यु दर्ता प्रमाणपत्र उपलब्ध गराउँदै आएको छ ।

साथै, शोकाकुल परिवारलाई राहतस्वरूप ४ हजार ५ सय रुपैयाँ आर्थिक सहायता तथा वडा कार्यालयको तर्फबाट समवेदना पत्र पनि प्रदान गरिन्छ।

वडाध्यक्ष मनोज खुलाल कार्कीका अनुसार जनतालाई जनप्रतिनिधिको अनुभूति गराउन, स्थानीय सरकारप्रति विश्वास बढाउन र दुःखको घडीमा परिवारप्रति सहानुभूति प्रकट गर्न यस्ताे सेवा सञ्चालन गरिएको हो।

दोस्रो कार्यकाल वडाध्यक्ष भएका कार्कीले यो सेवा २०७४ सालदेखि निरन्तर सञ्चालन गरिँदै आएको जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *