`

एमालेले बागमतीबाट बोलायो ६ मन्त्रीलाई फिर्ता

Nepal One HD ३२ असार २०८३ १४:४४
नेकपा एमाले

हेटौँडा । वाग्मती प्रदेश सरकारबाट बाहिरिने नेकपा (एमाले)ले तयारी गरेको छ ।

वाग्मतीमा नेपाली कांग्रेस नेतृत्वको सरकार छ । बिहीबार (असार ३२) बस्ने प्रदेश मन्त्रिपरिषद् बैठकमा एमालेतर्फका ६ मन्त्रीले सामूहिक राजीनामा बुझाउने तयारी गरेका हुन् । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकारमा एमाले सत्तासाझेदारका रूपमा सहभागी छ ।

केन्द्रमा बुधवार बसेको कांग्रेस पदाधिकारी बैठकबाट सबै प्रदेशमा एमालेसँगको सत्तासहकार्य अन्त्य गर्ने निर्णय गरिएको थियो । योसँगै वाग्मतीमा पनि नयाँ सत्तासमीकरण बन्ने प्रक्रिया तीव्र बनेको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *