`

जापानको रक्सी कडा रहेछ : ज्ञानेन्द्र शाही

Nepal One HD ३ साउन २०८३ १२:३३
भिडियो

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) ले  आफूलाई नखाएको रक्सी पनि लागेको भन्दै सहकारी ठगलाई सहकारी ठग र खराने ग्याङलाई खराने ग्याङ नै भनेको टिप्पणी गरेका छन् । 

सामाजिक सञ्जाल फेसबुकमा लेखेको उक्त स्टाटसको सुरुवातमै उनले ‘जापानको रक्सी कडा रहेछ’ भन्दै व्यंग्य गरेका छन्। त्यसपछि वर्षौंदेखि मनमा दबिएका सत्य कुरा अनायास बाहिर आएको दाबी गर्दै विभिन्न समूह र व्यक्तिमाथि कटाक्ष गरेका छन्। ‘वर्षौँदेखि मनमा लुकाउन खोजेका केही सत्य कुरा पनि मुखबाट फुत्त निस्किएछन्। जति लुकाउन खोजे पनि सत्य त लुक्दो रहेनछ,’ उनले लेखेका छन्। 

उनले सहकारी प्रकरणमा मुछिएका व्यक्तिहरूलाई ‘सहकारी ठग’ भनेका छन् भने केही समूहलाई ‘गाँजडी ग्याङ’, ‘खराने ग्याङ’ र ‘टीओबी ग्याङ’ जस्ता शब्द प्रयोग गरेर टिप्पणी गरेका छन्।

उनी अगाडि लेख्छन्, ‘सहकारी ठगलाई ठग नै भनिएछ। गाँजडीको ग्याङलाई गाँजडी ग्याङ नै भनिएछ। खराने ग्याङलाई खराने ग्याङै भनिएछ। टीओबी ग्याङलाई टीओबी ग्याङ नै भनिए छ।’

उनले आफूलाई सामाजिक सञ्जालमा आलोचना गर्नेहरूलाई लक्षित गर्दै ‘विश्वभरका बेरोजगार केटा हो- डलर झर्छ होला सक्ने जति रोष्ट गर’ भनेर व्यंग्य गरेका छन्। विदेशमा रहेका नेपाली युवाहरूले आफ्नो पोस्टबाट कन्टेन्ट बनाएर आम्दानी गर्ने भन्दै ‘आज त कन्टेन्टको कमी छैन, पैसा पनि राम्रै कमाइ हुन्छ। नेपाल जाने भाडा पनि मलाई जुटाइदेऊ’ भन्ने टिप्पणी गरेका छन्।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *