काभा पुरुष भलिबल च्याम्पियनसिपः नेपाल लगातार पराजित
खेलकुद
काठमाडौँ। सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल च्याम्पियनसिप २०२६ मा नेपाल घरेलु टोली पाकिस्तानसँग पराजित भएको छ ।पाकिस्तानको इस्लामावादमा आज भएको खेलमा नेपाल पाकिस्तानसँग ३–० सोझो सेटमा पराजित भएको हो । प्रतियोगितामा नेपालको यो लगातार तेस्रो हार हो । नेपाल पहिलो खेलमा कजाकिस्तान र दोस्रो खेलमा श्रीलङ्कासँग पराजित भएको थियो ।
पाकिस्तानले पहिलो सेट २५–१४ अङ्कले तथा दोस्रो सेट २५–१८ अङ्कले जित्यो । खेलको तेस्रो सेट पनि पाकिस्तानले २५–१० अङ्कले जित्यो । नेपालले अब यही साउन १० गते बङ्गलादेशसँग खेल्ने छ ।उक्त प्रतियोगितामा नेपालसहित छ देश सहभागी छन् । शीर्ष चार टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
