नागढुंगा सुरुङमार्गको औपचारिक उद्घाटन, काठमाडौंको आवागमन थप सहज हुने
प्रमुख खबर
काठमाडौं । बहुप्रतीक्षित नागढुंगा सुरुङमार्गको औपचारिक उद्घाटन गरिएको छ। उद्घाटन समारोहमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल र नेपालका लागि जापानी राजदूतले संयुक्त रूपमा सुरुङमार्गको उद्घाटन गरेका हुन्।
लामो समयदेखि प्रतिक्षा गरिएको यो राष्ट्रिय गौरवको आयोजना सञ्चालनमा आएसँगै काठमाडौं उपत्यका र देशका विभिन्न भागबीचको सडक आवागमन थप सहज, सुरक्षित र छिटो हुने अपेक्षा गरिएको छ ।
उद्घाटन समारोहमा सरकारी अधिकारी, निर्माण कम्पनीका प्रतिनिधि तथा स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
