सुनको मूल्य घट्यो
अर्थ समाचार
काठमाडौं। नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य सामान्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला १ हजार रुपैयाँले घट्दै २ लाख ८३ हजार २ सय रुपैयाँ कायम भएको छ। मंगलबार यही सुन प्रतितोला २ लाख ८४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले वृद्धि भएको छ। अघिल्लो दिन ४ हजार ३१० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ४ हजार ३२० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
