कांग्रेसको आन्तरिक विवादलाई लिएर गोकुल बास्कोटाको कटाक्ष
नेकपा एमाले
काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले नेपाली कांग्रेसको आन्तरिक राजनीतिक अवस्थालाई लक्षित गर्दै सामाजिक सञ्जालमार्फत व्यंग्यात्मक टिप्पणी गरेका छन्।
बास्कोटाले कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको राजनीतिक विरासतसँग जोड्दै केही नेताहरूको भूमिकाप्रति कटाक्ष गरेका हुन्।
उनले लेखेका छन्, ‘बीपीका सन्तान पनि कोही राजावादी, कोही फुटाउवादी भएर निस्केछन्। फुटाउनै छ भने झ्याप्प फुटाऊ। गिरिजाबाबुलाई त तिरिमिरी पार्ने देउवाले गगनलाई ग्वाँ नबनाई के छोड्छन् र? हिङ हालेको टालो देखाउँदै देश डुलाउलान अब। तर देउवा नगले पनि दाल चाहिँ गल्दै गल्दैन। फाइनल कुरा हो– यो समय देउवाको होइन।’
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
