`

रिटर्नीका लागि नयाँ कानुन आवश्यक भए बनाउनुपर्छ : शंकर पोखरेल

Nepal One HD २८ साउन २०८३ २१:१३
नेकपा एमाले

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विदेशबाट फर्किएका नेपालीको सीप, अनुभव, पुँजी र प्रविधिलाई राष्ट्र निर्माणमा उपयोग गर्न राज्यले रिटर्नीमैत्री नीति तथा कानुन निर्माण गर्नुपर्ने बताएका छन् ।

‘रिटर्नीमैत्री नीति र पुनः एकीकरण : सदनको भूमिका र राज्यको दायित्व’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पोखरेलले विदेशमा हासिल गरेको सीप, ज्ञान र अनुभवलाई नेपालमा उद्यमशीलतामा प्रयोग गर्ने वातावरण राज्यले बनाउनुपर्ने बताए । रिटर्नीका अपेक्षालाई नीति तथा कानुनमार्फत सम्बोधन गर्नु सकारात्मक भएको उल्लेख गर्दै उनले राष्ट्रिय नीति स्पष्ट र प्रभावकारी हुनुपर्ने तथा त्यसको कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण गर्नुपर्नेमा जोड दिए ।

उनले विदेशबाट फर्किएका नेपालीले विदेशमा हासिल गरेको सीप, अनुभव, ज्ञान र पुँजीलाई नेपालमा उद्यमशीलताका क्षेत्रमा प्रयोग गर्न सक्ने वातावरण बनाउनुपर्ने बताए । त्यसका लागि रिटर्नीमैत्री नीति र आवश्यक कानुन निर्माण गर्न जरुरी रहेको उनको भनाइ थियो ।

पोखरेलले रिटर्नीसम्बन्धी विद्यमान कानुनमा सुधार आवश्यक भए त्यसबारे छलफल गरी आवश्यकताअनुसार नयाँ कानुन निर्माण गर्नुपर्ने बताए । पुँजी परिचालन, प्रविधि भित्र्याउने तथा त्यसको प्रभावकारी उपयोग गर्ने विषयमा समेत गहन विमर्श आवश्यक रहेको उनले उल्लेख गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *