‘कंगाल करोडपति’को शुभमुहूर्त
काठमाडौं । राजु श्रेष्ठको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘कंगाल करोडपति’को शुक्रबार शुभमुहूर्त गरिएको छ। कमलादीस्थित गणेशस्थानमा आयोजित कार्यक्रममा फिल्मको मुहूर्त गरिएको हो।
प्रविण आचार्यको प्रस्तुतिमा निर्माण हुने फिल्ममा मुकुन भुषाल, मन्जिल कुमार, सलिना तामाङ, रक्षा थापा, हिउँवाला गौतम, चन्द्रवीर सिंह, अनिल बुढाथोकी, रेयर राई, प्राप्ति श्रेष्ठ, पदम सिं, राजन काथ्री, हरि भण्डारी र भीमसेन खतिवडालगायत कलाकारको अभिनय रहनेछ।
सामाजिक तथा पारिवारिक कथावस्तुमा निर्माण हुने फिल्मको छायांकन भदौ २९ गतेदेखि सुरु गर्ने तयारी छ। अनिल कुमार बुढाथोकी निर्माता रहेको फिल्ममा अश्विन बराल, दिपेश तिरूवा र प्रविण राई सह–निर्माताका रूपमा जोडिएका छन्।
फिल्मको कथा रामकृष्ण बजगाईंले लेखेका हुन् भने पटकथा तथा संवाद चानस पुन मगरले तयार पारेका छन्। सिनेमा पाठशाला प्रालिको ब्यानरमा निर्माण हुने फिल्ममा हरि घले लामाको छायांकन तथा देव महर्जनको द्वन्द्व निर्देशन रहनेछ।
फिल्ममा एसडी योगी, निराजन राई र दिप्सन लिम्बूको संगीत रहनेछ। प्रदीप लामाले नृत्य निर्देशन गर्नेछन् भने जीवन गौतम मुख्य सह-निर्देशक, सरोज श्रेष्ठ निर्माण नियन्त्रक र सुदीप अधिकारी कला निर्देशकका रूपमा रहनेछन्।
मुहूर्तअघि निर्माण टोलीले हालैको बाढीपहिरोमा ज्यान गुमाएकाहरूप्रति मौनधारण गर्दै श्रद्धाञ्जली व्यक्त गरेको थियो।
टोलीले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बाढीपहिरो प्रभावितको सहयोगका लागि ५१ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा पनि गरेको छ।
