`

जिम्मेवारी हेरफेर: १५ जिल्लाका सीडीओ फेरिए

Nepal One HD २० भदौ २०८३ ११:५७
प्रशासन

काठमाडौं। गृह मन्त्रालयले सहसचिवदेखि उपसचिवसम्मका कर्मचारी चलाएको छ।

१८ भदौको निर्णयबाट मन्त्रालय र जिल्ला प्रशासन कार्यालयमा कार्यरत कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको हो ।

सरुवासँगै झापामा श्रवणकुमार पोखरेल, सुर्खेतमा महेन्द्रकुमार सापकोटा र बारामा खडानन्द अधिकारीलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ । बाराका धर्मेन्द्रकुमार मिश्र गोरखा पुगेका छन् ।

गोरखाका तुलसीबहादुर श्रेष्ठ गृह मन्त्रालय तानिएका छन् भने खोटाङकी रेखा कँडेल दोलखा र दोलखाका हरिप्रसाद घिमिरे गृह मन्त्रालय सरुवा भएका छन् ।

रौतहटका दिनेश सागर भुसाल पनि गृह मन्त्रालय पुगेका छन् । रोल्पाका गंगाबहादुर क्षेत्री पर्वत र पर्वतका लक्ष्मीप्रसाद पौडेल रौतहटको सीडीओ बनेका छन् ।

त्रिभुवन विमानस्थल अध्यागमनमा रहेका वेदराज फुयाँल डडेलधुराको सीडीओ बनेका छन् । डडेलधुराका अमरबहादुर वली बाँकेको सहायक सीडीओमा सरुवा भएका छन् ।

गृहका उपसचिव कुलशेखर अर्याल भोजपुरको सीडीओ बनेका छन् भने बाँकेका सहायक सीडीओ महेशकुमार गुरुङ खोटाङ पुगेका छन् । बन्दना केसी सल्यान र गणेश गैरै म्याग्दीको सीडीओ भएका छन् ।

बागलुङका सहायक सीडीओ नवराज बराल जाजरकोटको सीडीओ बनेका छन् । गौतमबुद्ध विमानस्थल अध्यागमनका प्रमुख अधिकृत बलराम निरौला गृह मन्त्रालय तानिएका छन् ।

गृहका सहसचिव ऋषिराम तिवारीलाई लागूऔषध नियन्त्रण विभाग, काठमाडौंमा सरुवा गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *