`

इरानको ‘माउन्ट कलाङ’मा हमला गर्ने ट्रम्पको चेतावनी

Nepal One HD २० भदौ २०८३ १३:१३
बिशेष

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको रणनीतिक सैन्यस्थल मानिएको ‘माउन्ट कलाङ’मा अमेरिकाले चाँडै हमला गर्न सक्ने चेतावनी दिएका छन् ।

शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरानसँग जारी अमेरिकी सैन्य टकरावलाई ठूलो युद्धका रूपमा नलिन आग्रह गरे । उनका अनुसार यो अमेरिकाका लागि सामान्य प्रकृतिको सैन्य कारबाही मात्र हो ।

नतान्ज आणविक केन्द्रनजिक रहेको माउन्ट कलाङमा गहिरा दुई सुरुङसहितको अत्यन्त सुरक्षित सैन्य संरचना रहेको बताइन्छ । यही स्थानलाई लक्षित गर्ने संकेत ट्रम्पले दिएका हुन् ।

इरानसँगको संघर्षमा अमेरिकी पक्षले १८ जना गुमाएको उल्लेख गर्दै ट्रम्पले विगतका युद्धसँग तुलना गरे । उनले भेनेजुएलामा गरिएको अमेरिकी कारबाहीलाई समेत उदाहरणका रूपमा प्रस्तुत गरे ।

यसैबीच अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले पनि इरानमा भइरहेको अमेरिकी सैन्य अभियानलाई ‘युद्ध’ नभई ‘सैन्य संघर्ष’ भन्नुपर्ने बताएका छन्।

उनका अनुसार अमेरिकाका लागि यस्तो सैन्य गतिविधि असामान्य विषय होइन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *