`

वीरगञ्जको क्यासिनोबाट नेपालीलाई जुवा खेलाएको आरोपमा आठ जना पक्राउ

Nepal One HD २१ भदौ २०८३ १२:५३
अपराध

पर्सा । वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित क्यासिनोमा नेपालीलाई प्रवेश गराई जुवा खेलाएको तथा जुवा खेलेको आरोपमा प्रहरीले आठ जनालाई नियन्त्रणमा पक्राउ गरेकाे छ।

गोल्डेन फिङ्गर गेमिङ जोन प्रालिमा नेपालीलाई प्रवेश गराई जुवा खेलाइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो।

जुवा खेलिरहेको अवस्थामा प्रहरीले पर्साको सखुवाप्रसौनी गाउँपालिका–६ का ३६ वर्षीय जसवन्त यादव, सोही ठाउँका ३० वर्षीय चन्दन सहनी र वीरगञ्ज महानगरपालिका–११ का ३९ वर्षीय ओमप्रकाश बैठालाई नियन्त्रणमा लिएको छ।

त्यस्तै, स्याङ्जाको हरिनास गाउँपालिका–७ का ३६ वर्षीय प्रदीप पौडेललाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी गराएकाे छ।

नेपालीलाई क्यासिनोमा प्रवेश गराई जुवा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा चार कर्मचारीसमेत पक्राउ परेका छन्। 

त्यस्तै पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिकार–४ का २८ वर्षीय विजयकुमार पटेल, वीरगञ्ज–२५ का ३१ वर्षीय दिनेशकुमार पटेल, महोत्तरीको पिपरा गाउँपालिका–५ का ४९ वर्षीय जयदेव साह र वीरगञ्ज–१२ का ५० वर्षीय प्रदेशी साह रहेका छन्।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *