बाढीको जोखिम बढेपछि दोधारा चाँदनीका १४ परिवार सुरक्षित स्थानमा सारिए
समाचार
काठमाडौं । भारी वर्षासँगै बाढीको जोखिम बढेपछि कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–३ पटेराखल्लाका १४ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ।
जनप्रतिनिधि र सुरक्षाकर्मीको सहयोगमा उनीहरूलाई नजिकैको जमुना आधारभूत विद्यालयमा स्थानान्तरण गरिएको हो।
परिवारसँगै खाद्यान्न, लत्ताकपडालगायत अत्यावश्यक सामग्रीसमेत सुरक्षित स्थानमा सारिएको वडाध्यक्ष हरिसिंह धनाडीले जानकारी दिए।
भारी वर्षा जारी रहेकाले बस्तीमा बाढीको जोखिम बढ्न सक्ने भन्दै समयमै परिवार र सामान सुरक्षित स्थानमा सारिएको उनले बताए।
स्थानीय तह र सुरक्षाकर्मीले जोखिममा रहेका अन्य बस्तीको अवस्थासमेत निगरानी गरिरहेको जनाइएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
